
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यो मुल्य हालसम्मकै उच्च मुल्य हो । हिजो छापवाल सुन प्रतितोला एक लाख १७ हजार ४ सय रहेकोमा आज प्रतितोला तीन सयले रुपैयाँले बढेर तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुन तोलाको एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे