
काठमाडौं, मङ्सिर १८ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख २१ हजार छ सय रुपैयाँ कायम भएको छ ।
यो मुल्य हालसम्मकै उच्च मुल्य हो । सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आइतबार छापवाल सुन प्रतितोला एक लाख २० हजार आठ रहेको थियो ।
त्यस्तै, तेजाबी सुन तोलाको एक लाख २१ हजारमा कारोबार भइरहेको छ । चाँदी प्रतितोको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे