
काठमाडौँ, १० कार्तिक । दसैं लगत्तै सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि कात्तिक ३ गते शुक्रबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ तोकेको थियो । शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे