
काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा आज दिउँसो युवाहरूको ठूलो समूहले अकल्पनीय प्रदर्शन गर्दै प्रवेश गरेका छन्। आक्रोशित युवाहरूले सिंहदरबारको मूल गेट तोडेर जबरजस्ती प्रवेश गरेका हुन्। सुरक्षाकर्मीहरूको रोकतोकलाई बेवास्ता गर्दै उनीहरू भित्र पसेका थिए।
प्रदर्शनकारीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेताहरूको आलोचना गर्दै तीव्र नाराबाजी गरेका छन्। उनीहरूको माग, वर्तमान राजनीतिक नेतृत्वको असफलताको विरोध र उत्तरदायित्वको खोजीमा आधारित देखिन्छ।
सिंहदरबारभित्र अहिले सयौँ युवाहरू भेला भएका छन्, जसले सरकारविरुद्ध तीव्र आक्रोश व्यक्त गरिरहेका छन्। कतिपय युवाहरूले ब्यानर, प्लेकार्ड र झण्डासमेत बोकेका छन्, जसमा “जनताले धोका पाएका छन्”, “पुराना नेताहरू हटाऊ” जस्ता नाराहरू लेखिएका छन्।
सुरक्षाकर्मीहरू प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रयासरत छन्, तर अहिले पनि स्थिति तनावपूर्ण छ। सिंहदरबार वरपर सुरक्षाको घेराबन्दी कडा बनाइएको छ भने भित्र संचारकर्मीहरूको पहुँच समेत सीमित गरिएको छ।
्स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ ।
सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ । सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे