
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापासहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शुक्रबार पदबहाली गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे औपचारिक पदबहाली कार्यक्रम आयोजना गरिएको छ।
सभापति थापाको सचिवालयका अनुसार पदबहाली कार्यक्रम सम्पन्न भएपछि पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ। बैठकमा पार्टीको भावी कार्यदिशा, संगठनात्मक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सभापति थापाको सचिवालयले जारी गरेको सूचनामा विशेष महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरू आज दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा पदबहाली गर्ने र त्यसपछि केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिइएको छ। सो अवसरमा उपस्थितिका लागि सञ्चारकर्मीहरूलाई समेत अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे