
काठमाडौँ, २२ असोज । साताको पहिलो दिन हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर १ हजार ९०८ दशमलव ६६ विन्दुमा आइपुगेको छ ।
यसदिन २८७ वटा कम्पनिको ४३ लाख २७ हजार कित्ता शेयर १ अर्ब १७ करोड १ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यसदिन सबैभन्दा धेरै बाराही हाइड्रोपावर र हिमालय लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर झन्डै ७ प्रतिशतले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे