
काठमाडौं, ०४ फागुन । बुधबार राति ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।
बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् । उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा.किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराए ।
त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्यमन्त्री पदम गिरी लगायत दलका नेताहरू कीर्तिपुर अस्पताल पुगेका हुन्। सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गएराति घाइते भएका थिए ।
अस्पतालका अनुसार सांसद भण्डारी र उनकी आमाको अवस्था गम्भीर छ । र उनीहरुलाई भारत लगेर उपचार गर्न अस्पतालले सिफारिस गरे सँगै भारत लग्ने तयारी भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे