
काठमाडौँ, चैत ४ । प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले जनता समाजवाद पार्टी ९जसपा०की सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।
शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा आइतबार बिहान अन्सारीको निधन भएको हो ।
जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले आज एक विज्ञप्ती जारी गर्दै आइतबार बिहान ७ः५५ बजे अन्सारीको निधन भएको जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे