
काठमाडौँ, ७ असोज । नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतबार हुँदैछ। यसअघि अघिल्लो सोमबार तोकिएको मुद्दाको पेशी आजका लागि सरेको हो।
यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार एक स्थानीय तहबाट बसाइँ सराइ गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।
यसैअनुसार सोमबार पेशी तोकिए पनि जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशको सरुवा भएपछि मुद्दाको पेशी स्थगित भएको थियो।
सन्दीपमाथि नाबालिगलाई बलात्कार गरेको अभियोग छ। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशबाट कारागारमुक्त भएका हुन्। सर्वोच्च अदालतले मुद्धा द्रुत गतिमा टुङगाउने आदेश दिएपनि पटक–पटक पेशी सर्दै आएको छ ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे