
काठमाडौँ, फागुन २२ । आज सत्ता गठबन्धन कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्दै छ ।
बैठकमा मन्त्रालय बाँडफाँड टुङ्गो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ । हिजो सोमवार बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, रास्वपाबाट डोलप्रसाद अर्याल र माओवादीबाट हितबहादुर तामाङले मन्त्रीको शपथग्रहण गरिसकेका छन् ।
मन्त्रीहरूको बाँडफाँडका लागि एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे