
काठमाडौँ, मङ्सिर २७ । संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका थिए । संघीय संसद्का महासचिव डा.भरतराज गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे