
काठमाडौँ, १७ पौष । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण (किरण) बिरामी परेपछि अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।
अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन्।
उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे