
काठमाडौँ, ५ बैशाख ।आइसिसी बुधबार जारी गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्। नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन्।
त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्। त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् ।ओमनमा जारी एसीसी टी–२० प्रिमियर कपमा उनले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। टी–२० मा एकै ओभरमा ६ छक्का हान्ने उनी तेस्रो खेलाडी हुन्।ऐरी ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे