
काठमाडौँ, असोज १२ । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि विदेश पलायन भएका छन् । शुक्रबार बिहान उनी अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्।
उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए। सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे