
काठमाडौं , जेठ ४। अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो ।
पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफि व्याट्रि गरेको विनवार्डसले १८.४ ओभरमा १३० रनमै समेटियो ।
नेपाले पहिला ब्याटिङ गर्दा अनिल साहले २७ बलमा चार चौका र चार छक्कासहित ५० रनको अर्धशतकीय पारि खेले । यस्तै, कप्तान रोहित पौडेलले ४१ रन बनाउँदा कुशल भुर्तेलले ३८ रन जोडेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले २६ रन जोड्दा प्रतिश जिसीले ६ रनको योगदान गरे । सन्दीप जोराले २ तथा गुल्सन झाले एक रन बनाएका थिए । सोमपाल कामीले ३ तथा अविनाश बोहोराले खाता नखोली नटआउट रहे । शुरुमै आशिफ शेखलाई गुमाएको नेपाललाई भुर्तेल र साहले राम्रो साझेदारी गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे