
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षामा सुधार ल्याउन स्थानीय तहका अभिभावकहरू सक्रिय हुनुपर्ने बताएका छन्। मन्त्री पुनका अनुसार मन्त्रालयको निर्देशन मात्रले विद्यालयमा सुधार नआउने भएकाले अभिभावकहरूले नै सक्रिय भएर कदम चाल्नुपर्ने हुन्छ। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “जबसम्म स्थानीय अभिभावकहरू एकजुट भएर जोरदार आन्दोलन गर्दैनन् र कडा चेतावनी दिँदैनन्, तबसम्म सुधार गाह्रो छ।”
उनी अभिभावकहरूलाई संविधानले दिएको अधिकार प्रयोग गर्न र विद्यालय सुधारका लागि आवाज उठाउन आग्रह गरेका छन्। मन्त्री पुनले भने , काठमाडौंबाट निर्देशन पठाए पनि स्थानीय तहका विद्यालयको शिक्षा सुधार हुन गाह्रो छ, त्यसैले बालबालिकाको उज्जवल भविष्य सुनिश्चित गर्न अभिभावक आफैं लाग्नुपर्ने अवस्था आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे