
दाङ , २२ चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज विश्वासको मत लिंदै छन् । प्रदेशसभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
८७ सदस्य रहेको प्रदेशसभामा केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर छन् । मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना कम छ ।
प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३÷३ जना सांसद छन् । त्यस्तै, जनमोर्चा, नेकपा एस र स्वतन्त्र १-१ जना सांसद छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे