
काठमाडौँ , ६ वैशाख | लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्ने भएका छन् । बिहीबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलहरुकोे बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएको हो ।
अब बन्ने लुम्बिनी प्रदेश सरकारमा एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय लिनेगरी सहमति भएको छ । यसैबिच मुख्यमन्त्री महराले आज मन्त्रीहरू नियुक्ति गरेर शपथ ग्रहण गराउने तयारी गरेका छन् ।
चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले विश्वासको मत समेत लिइसकेका छन् ।महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे