
काठमाडौँ, २३ कार्तिक । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार प्रमाणित भई जेल जिवन पाएका रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आजबाट सुनुवाइ हुने हुँदैछ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीको सो रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।
कडायतले राष्ट्रपतिको कार्यालय, रेशम चौधरीसमेतलाई प्रतिवादी बनाएर रिट दायर गरेकी थिइन् ।
तिनै तहको अदालतले जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका थिए ।
उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन् ।
गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी जेठ १५ गते रिहा भएका थिए । सर्वोच्चले सरकारसँग लिखित जवाफ पनि मागेको थियो ।
टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई गत ७ जेठमा सर्वोच्च अदालतले पनि जन्मकैदको सजाय सुनाएको थियो । तर त्यसको ८ दिनपछि १५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको कैदमाफी गरिदिएका थिए ।
सर्वोच्च अदालतले पनि कैलालीको टीकापुर घटनालाई जघन्य फौजदारी कसुर भन्दै राजनीतिक घटनाका नाममा यसमा संलग्नको सजाय माफी मिनाहा दिनु संविधान, कानुन र न्यायको सिद्धान्त विपरीत हुने ठहर गरेको छ ।
टीकापुर घट्ना हिंसात्मक झडपसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा सर्वोच्चले यो घटना जघन्य फौजदारी कसुर भनेको छ । सर्वोच्चले यस घटनामा दोषी ठहर भएका रेशम चौधरीको कैदमाफी माथि प्रश्न उठाएको हो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशको माग गर्ने दुई समूहबीच भएको झडप र आन्दोलनका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको हत्या भएको थियो । उक्त नरसंहारमा रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतलाई दोषी मानिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे