
एजेन्सी । युक्रेनको पूर्वी सुमी शहरमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार बिहान गरिएको आक्रमणमा आवासीय भवन, स्वास्थ्य संस्था र विद्यालयहरुमा ठूलो क्षति पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। रुसले सुमी शहरको मध्य भागमा रहेको एक विश्वविद्यालय र ठूलो सभाहल नजिक दुईवटा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा ३४ जनाको मृत्यु भएको हो ।
अलजजिराका अनुसार आक्रमणबाट ११७ जना घाइते भएका छन् भने आक्रमणपछि सडकमा शव क्षतविक्षत अवस्थामा देखिएका छन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै रूसी आक्रमणको कडा निन्दा गरेका छन्। उनले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
यस आक्रमणले युक्रेनमा जारी युद्धलाई झनै भयावह बनाएको छ। पछिल्लो समय सुमी क्षेत्रमा रुसी सैन्य गतिविधि तीव्र रूपमा बढिरहेको छ। नागरिक इलाकालाई निशाना बनाइएका यस्ता आक्रमणहरूले अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन भएको भन्दै संयुक्त राष्ट्रसंघले समेत चासो व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे