
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन कारोबारमा सेयर बजार राताम्मे भएको छ । फाइनान्स बाहेकका उपसमूहमा गिरावट देखिँदा नेप्से परिसूचक ४९.१६ अंकले घटेर ३०४४.९० अंकमा सीमित भएको छ ।
यो दिन १८० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा ३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन कुल २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँमा कारोबार भएको छ ।
यो दिनको कारोबारमा नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने जानकी फाइनान्स, सिभिल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।
यता रुरु जलविद्युतको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन १६६ रुपैयाँ २० पैसा घटेर १ हजार ४९५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन अरुण काबेलीको ८७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे