
काठमाडौं। जेनजी आन्दोलनले प्रदर्शनकारीहरूलाई सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्याउन आग्रह गरेको छ।जेनजी आन्दोलनले एक सार्वजनिक अपील जारी गर्दै आन्दोलनको सफलतापछि राजनीतिक नेतृत्वले घुँडा टेकेको र देशले नयाँ राजनीतिक बाटो खोजिरहेको बताएकाे छ।
अपीलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो। त्यसैले आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं।’
जेनजी आन्दोलनले सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गरी नयाँ निर्वाचनमा जाने तयारी भइरहेको पनि जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे