
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा देखिएका छन्। आफ्नै नेतृत्वमा पार्टी बनाएर आगामी निर्वाचनमा सहभागी हुने उद्देश्यले उनले सक्रियता बढाएका हुन्। उनी निकट स्रोतका अनुसार बुधबार दिउँसो २ बजेदेखि ललितपुरको ज्वागल क्षेत्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग वान–टु–वान छलफल गरेका छन्।
बालेनले नयाँ राजनीतिक विकल्पको सम्भावनाबारे छलफल गर्न ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार र सञ्चारकर्मीसँग भेटघाट गरेका छन्। उनले चिकित्सक डा. भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सीके राउत, पूर्व विवेकशील पार्टीका नेता मिलन पाण्डे र रमेश पौडेल, जेन–जी प्रतिनिधि रक्षा बम, रेशम चौधरी, सुरज सिंह ठकुरी, सागर ढकाल, सम्भव सिरोहिया, ऋषि धमला, निश्छल बस्नेत र सिरोज गौतमलगायतसँग छलफल गरेका छन्।
यसअघि गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए। उक्त छलफलबाट ठोस निष्कर्ष ननिस्किएपछि उनले अन्य व्यक्तिहरूसँग भेटघाटलाई तीव्रता दिएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे