
काठमाडौं । रवि लामिछाने आज प्रतिनिधि सभा को बैठकमा बोल्ने भएका छन्। उनी सहकारी ठगी प्रकरणमा मुद्दा सामना गरिरहेका भए पनि संसद्मा बोल्न कुनै रोक नभएको जानकारी संसद् सचिवालयले दिएको छ।
दिउँसो २ बजे बस्ने बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको मनिष झा ले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रहेका लामिछाने पहिलो दिन नै बोल्ने तय भएको हो।
बैठकमा अन्य दलका शीर्ष नेताहरूले पनि आफ्ना धारणा राख्नेछन्। संसद् सचिवालयले सबै दलका नेताहरू बोल्ने गरी समय तालिका बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे