
काठमाडौँ, १६ चैत । मन्त्रिपरिषद बैठकले सरकारको आर्थिक वर्ष २०७९।८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८१।८२ को लागि प्रदेश स्थानिय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र बित्तिय समानिकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृति गर्ने निर्णय समेत भएको छ ।
पर्यटन बोर्डको कार्यकारी रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्र बहादर लामा र राम प्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय भएको छ नेपाल प्रसाशन सेवा समिकरणतर्फको राजपत्राङकित विशेष श्रेणीको रिक्त सचिव पदमा हरी प्रसाद लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ ।
विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धि सर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय एको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे