
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ बाट उम्मेदवार बनेका नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई कुनै एक पार्टीको मात्रै होइन, सबै दल र सबै नागरिकको साझा उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जालमार्फत् उनले विगतमा मतदाता जुनसुकै दल—एमाले, कांग्रेस, नेमकिपा, नेकपा, राप्रपा वा रास्वपामा आबद्ध भए पनि यसपटक आफू सबैको प्रतिनिधि बनेर आएको बताएका छन्। उनले आफ्नो अघिल्लो कार्यकालमा गरेका कामले आफू भक्तपुर–२ का जनताको विश्वास जित्न सफल भएको दाबी गरेका छन्।
बस्नेतले निर्वाचित भएपछि पद र जिम्मेवारीको फाइदा आफ्नै क्षेत्रका जनतालाई फिर्ता दिनुपर्छ भन्ने मान्यता आफूले व्यवहारमै देखाइसकेको उल्लेख गरेका छन्। उनका अनुसार सडक, पुल, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणजस्ता विकासका कामहरू आफ्नै पहलमा अघि बढेका हुन्।
यसपटक मत हाल्दा पार्टीको झण्डा वा चिन्हभन्दा पनि भक्तपुरको भविष्यलाई हेरेर निर्णय गर्न उनले मतदातालाई आग्रह गरेका छन्। दल फरक भए पनि सबैको चाहना एउटै—विकास र समृद्ध भक्तपुर भएको उनले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे