
म्याग्दी । म्याग्दी जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार महावीर पुनले मिति २०८२/१०/०६ गते बिहान १०ः४५ बजे आफ्नो मनोनयनपत्र निर्वाचन कार्यालयमा दर्ता गराएका छन्।
निर्वाचन कार्यालयका सहायक अधिकृतले जानकारी दिएका अनुसार, उम्मेदवारले राजनीतिक दलको नाता नराखी स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन पेश गरेका हुन्। मनोनयनपत्र दर्ता प्रक्रियापछि आगामी मिति २०८२/१०/०८ मा उम्मेदवारको उपस्थितिमा दस्तावेज जाँच हुनेछ।
निर्वाचन आयोगले उम्मेदवारलाई मनोनयनसँग सम्बन्धित सबै आवश्यक सूचना प्रदान गरेको छ। उम्मेदवारको दर्ता क्रम संख्या कार्यालयमा सूचीकृत गरिएको छ र यससँग सम्बन्धित धरौटी रसिद पनि जारी गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे