
काठमाडौँ, २३ चैत । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका १ सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
बिहीबार अनुगमन टोलीले अरुको नाममा परीक्षा दिइरहेका उनीहरूलाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शंका लागेर चेकजाँच गर्ने क्रममा नक्कली परीक्षार्थी फेला परेका हुन् ।
अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको प्रहरी जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे