
एजेन्सी | श्रीलंकामा आइतवार एक रेस कारले दर्शकलाई ठक्कर दिँदा ७ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
दियातलावाको रेस ट्र्याकमा दुर्घटना हुँदा हजारौं उपस्थित थिए। श्रीलंकाको दियातलावा शहरमा आयोजना गरिएको उक्त रेसका क्रममा भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक आठ वर्षीया केटी सहित चार रेस अधिकारी र दर्शकहरू रहेका छन् । प्रहरीको पूर्ण अनुसन्धान भइरहेको जनाएको छन् । घटनालगत्तै रेस कार्यक्रम स्थगित गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे