
एजेन्सी । मालदिभ्सको संसदमा सत्ता पक्ष र विपक्षी पक्षका सांसदबीच झडप भएको छ । झडपमा परी केही सांसद घाइते समेत भएका छन् । मुइज्जु सरकारका लागि संसदीय अनुमोदनमा आजको लागि मुख्य मतदान तय गरिएको थियो। प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री मोहम्मद मुइज्जु चीनसँग निकट रहेका छन् भने प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी भारतसँग निकट रहेको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जुले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी ले विरोध जनाएपछि झडप भएको बीबीसीले जनाएको छ ।
एमडीपीले संसदमा मतदान हुनु अगाडि नै मन्त्रिपरिषद्मा नियुक्त गर्न लागिएका चार सदस्यको प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको थियो । संसदमा भए को यो झडपको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे