
काठमाण्डौ। ललितपुरस्थित माछापुच्छ्रे स्कुलले समुदाय र प्रहरीबीचको सहकार्यलाई सुदृढ गर्न सामुदायिक-प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालै, स्कुलले सामुदायिक प्रहरी सेवा केन्द्रसँग सहकार्य गर्दै सार्वजनिक सुरक्षासम्बन्धी नागरिक सुनुवाई र अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले र स्कुलका संस्थापक अध्यक्ष डाक्टर बिनोद यादवले गमलामा जलसेचन गरेर समुद्घाटन गरीएको थियो।

कार्यक्रमको सुरुवातमा प्रहरी बृत सातदोबाटोका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले स्वागत मन्तव्य ब्यक्त गर्नु भयो। प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले शान्ति सुरक्षा प्रहरी र समुदायबीचको सहकार्यको महत्त्वबारे चर्चा गरे। प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी जसले नागरिकका चासोहरूको समाधान र सुरक्षामा गरिएका उपायहरूको बारेमा प्रकाश पार्नु भयो। प्रमुख जिल्ला अधिकारी रमेश ढकालले स्थानीय क्षेत्रमा सार्वजनिक सुरक्षाका उपायहरूको प्रस्तुति ब्यक्त गर्नुभयो। अन्तरक्रीया कार्यक्रममा , सहभागीहरूले आफ्नो सुझाव, गुनासा र प्रतिक्रिया प्रस्तुत गर्ने अवसर पाए।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिने प्रदान गर्दै गर्दै माछापुच्छ्रे स्कुलका संस्थापक विनोद यादवले नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरीको भूमिकाको महत्त्वलाई पुष्टि गर्दै समापन मन्तव्य व्यक्त गर्नु भयो। यस प्रकारका कार्यक्रमहरू माछापुच्छ्रे स्कुलले सामाजिक चेतना र सुरक्षाबोध प्रवर्द्धन गर्न गरेको प्रतिबद्धता दर्शाउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे