
काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्न र डिजिटल बैंकिङ कारोबार प्रवद्र्धन गर्न विश्वप्रसिद्ध फुड चेन कम्पनीसँग सहकार्य गरेको छ। नेपालमा पहिलोपटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस पहलअन्तर्गत कम्पनीका विभिन्न आउटलेटहरूमा बैंकका अत्याधुनिक भुक्तानी उपकरणहरू जडान गरिएको छ।
यी उपकरणहरूले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा टचमार्फत भुक्तानी गर्न सुविधा दिने व्यवस्था मिलाएका छन्। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा र सन्तुष्टि प्रदान गर्ने उद्देश्यले यस्ता सहकार्य गर्दै आएको जनाएको छ। यस पहलले दैनिक कारोबारलाई सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
बैंकका अनुसार, यस पहलले सेवा समय घटाउने तथा ग्राहक सन्तुष्टि बढाउनेमा महत्वपूर्ण योगदान पुर्याउनेछ। माछापुच्छ्रे बैंक स्थापना कालदेखि नै नवीनतम प्रविधिमार्फत सेवा र सुविधा प्रदान गर्न कटिबद्ध रहेको छ। हाल बैंकले देशभर हिमाल, पहाड र तराईमा फैलिएको १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र र ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। साथै, १९९ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे