
काठमाडौँ, ७ मंसिर । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको आज बसेको संचालक समितिको ४९१ औं बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै हालका सञ्चालक समिति सदस्य समेत रहेका केसीलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म यही बैंकका अध्यक्ष थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे