
काठमाडौँ, १० पौष । नेकपा (माओवादी केन्द्र)ले चिनियाँ नेता माओ त्से तुङको १३१औँ जन्मजयन्ती मनाएको छ । आज (मंगलबार) बिहान उसले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मनाएको हो ।
चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पार्टी शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।
यसका साथै उसले ‘२१ औं शताब्दीमा समाजवादमा नेपाली बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रम पनि गरेको छ ।
यसअघि नै चिनियाँ नेता माओ त्से तुङको जन्मजयन्ती मनाउन नेकपा माओवादी केन्द्रले आफ्ना सबै कमिटीहरूलाई परिपत्र गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे