
काठमाडौँ , २ चैत | नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ। आजको बैठकमा वैशाख १५ मा हुन लागेको उपनिर्वाचन, राजनीतिक परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे