
काठमाडौँ , पुस ४ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन, केन्द्रीय समिति बैठक , पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको १० गते एक वर्ष पूरा हुँदैछ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे