
काठमाडौं। महालक्ष्मी विकास बैंकले ‘बैकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ ९भ्हअभििभलअभ ष्ल द्यबलपष्लन क्ष्ललयखबतष्यल बलम ऋगकतयmभच म्भष्निजत० विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा डिसेम्बर ७, २०२५ मा आयोजित इन्डिया बिजनेश अवार्ड २०२५ कार्यक्रममा बैंकलाई यो सम्मान प्रदान गरिएको हो।
बैंकका वरिष्ठ अधिकृतहरुले उक्त अवार्ड प्राप्त गरे। बैंकले ब्रान्ड प्रतिष्ठा सुधार, ग्राहक विश्वास अभिवृद्धि, बैंकिङ सेवामा नवप्रवर्तन, उत्कृष्ट नेतृत्व र कर्मचारी विकास, मिडिया उपस्थिति तथा संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको उत्कृष्ट कार्यका कारण यो अवार्ड प्राप्त गरेको हो।
महालक्ष्मी विकास बैंकले दुई देशबीच सीमा–पार वित्तीय सेवा प्रवद्र्धन गर्दै नेपालमा भारतबाट भुक्तानी सम्बन्धी काम गर्दै आएको छ। यस अवार्डले सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ।
अघिल्लो समय बैंक इन्डियन चेम्बर अफ कमर्स, भारतको प्रतिष्ठित अवार्डबाट पनि सम्मानित भइसकेको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उपस्थिती र ख्याति अझ बढाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे