
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सरकार र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङमाथि आफ्नो पार्टीको महाधिवेशन रोक्ने प्रयास गरेको आरोप लगाएका छन्। सरकारले मंसिर २४ देखि पुस १ गतेसम्म नागढुंगादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रको बाटो बिहान १०स्३० देखि दिउँसो ३: ३० सम्म बन्द गर्ने निर्णय गरेको छ। कारण भनेको सडक चौडा गर्ने काम बताइए पनि बस्नेतका अनुसार यो एमालेको मंसिर २७–२९ हुने महाधिवेशनमा बाधा पुर्याउने उद्देश्यले गरिएको हो।
उनले यो कदम गलत र प्रतिशोधपूर्ण राजनीतिको उदाहरण भएको बताए। बस्नेतले सरकार र कुलमानलाई निर्णय तुरुन्त फिर्ता लिएर काम पहिलो हप्ताबाट सुरु गर्न सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे