
काठमाडौँ, १४ कार्तिक । आईसीसी टि-२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा कुशल मल्लको विस्फोटक ब्याटिङमा नेपालले मलेसियामाथि ६ विकेटले जित हासिल गरेको छ । मलेसियाले दिएको १६६ रनको लक्ष्यलाई नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालका लागी कुशल मल्लले सर्वाधिक ६५ रनको पारी खेले । उनले ३३ बलमा ६५ रन बनाएका हुन् । नेपालले १८ ओभरमा ४ विकेट १६६ रन बनाएर मलेसियालाई पराजित गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे