
काठमाडौँ । मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले आआफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्। एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन्। दुवै जना उम्मेदवार नहुने भएका छन् ।
मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट उम्मेदवार तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन कार्यालय पुग्दा उम्मेदवार हुन पाएका थिएनन् । मनोनयन फिर्ताको निवेदनमाथि आज दिउँसो निर्णय हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे