
काठमाडौँ, २० पौष । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नेपाल आएका थिए । उनी आज दिउँसो त्रिभुवन विमानस्थलबाट भारतीय विमानमार्फत स्वदेश फर्किएका हुन्। उनलाई विमनस्थलमै पुगेर नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिदाइ गरे।
नेपाल रहँदा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए।
जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता त्यस्तै नेपाल र भारतबीच विभिन्न विषयमा सम्झौता गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे