
काठमाडौँ , असोज २५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा सरकारले कुनै जानकारी नदिइएको बताए । सभापति लामिछानेले भने, ‘नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नुभएको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे