
काठमाडौँ , २० चैत । भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २१ जनाको ज्यान गएको छ । बनासकांठा जिल्लामा अवैध रूपमा भण्डारण र निर्माण गरिएको पटाका गोदाममा मंगलबार भएको विस्फोट र आगलागीमा २१ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बनासकांठा जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटर टाढा रहेको डिसा शहर नजिकैको औद्योगिक क्षेत्रमा रहेको गोदाम भत्किएको छ। “मृतक सबै मध्य प्रदेशको हरदा र देवास जिल्लाका हुन्,” जिल्ला कलेक्टर मिहिर पटेलले भने। उनले २१ जनाको मृत्यु भएको र छ जना घाइते भएको बताए।
“१९ जनाको पहिचान भएको छ, जबकि अन्य दुई जनाको पहिचान गर्न डीएनए नमूना लिइँदैछ,” उनले भने।विस्फोट यति तीव्र थियो कि यसले कामदारहरूको शरीरका अंगहरू २००(३०० मिटर टाढा उडेर गएका छन् । ठोक्किएर संरचनाको स्ल्याब ढलेका छन् । स्ल्याबका ब्लकहरू खसेपछि एउटै परिसरमा बसिरहेका कामदारहरूको परिवारका सदस्यहरू पनि थिचिएर मृत्यु भएको कलेक्टरले बताए।
मन्त्री ऋषिकेश पटेलले पत्रकारहरूलाई उद्धार कार्यका लागि सात दमकल टोली, आठ एम्बुलेन्स, राज्य विपद् प्रतिक्रिया बल टोली र चार बुलडोजर घटनास्थलमा पठाइएको बताए।
प्रहरी अधीक्षक अक्षयराज मकवानाले विस्फोटपछि गोदामको स्ल्याब भत्किँदा हताहत भएको बताए। उनले फोरेन्सिक टोलीहरूले विस्फोटको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताए। सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे