
काठमाडौं, कात्तिक १३ । भारतको दक्षिणी आन्ध्र प्रदेश राज्यमा आइतबार दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।
आन्द्र प्रदेशको विजयनगर जिल्लामा बिशाखापटनम पलासा रेल अर्को यात्रु बाहक रेलसंग ठोकिएर दुर्घटना भएको हो । रेलको लिक ट्रया्क बाहिर गई विपरित दिशाबाट आइरहेको रेल संग ठोकिएको हो ।
अधिकारीहरूले प्रारम्भिक अनुसन्धानले मानव त्रुटिको कारण दुर्घटना भएको बताएका छन् । उद्धार कार्य सुरु गरिएको छ । सयौं आपतकालीन कामदारहरू भग्नावशेष हटाउन घटनास्थलमा छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै रेलमन्त्रीसँग सम्पर्कमा रहेको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे