
काठमाडौं , जेठ ६। बुटवलको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ का कमला नेपाली र घाइतेमा सोही स्थानका ५५ वर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई रहेका छन् ।
उनीहरुलाई बिहान करिव ५ बजे बाटोमा हिँडिरहेको बेला एम्वुलेन्सले ठक्कर दिएको थियो । घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइतेहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने एम्वुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे