
काठमाडौ,५ मंसिर। नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे