
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यो मुल्य हालसम्मके उच्च मुल्य हो । हिजो आइतबार छापवाल सुन प्रतितोला एक लाख १६ हजार ९ सय रहेकोमा आज प्रतितोला पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे