
काठमाडौँ, ११ फागुन । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ । आज अन्य कुनै फिल्म भिड्न नआएका कारण ‘गोर्खा वारियर’ले एकल प्रदर्शनको अवसर पाएको हो । निर्देशक चाम्स पूर्व बिट्रिश गोर्खा सैनिक हुन् ।
फिल्म प्रतिको मोहले जागिर छोडेका उनको मनमा गोर्खा सैनिकको कथामा फिल्म बनाउने इच्छा भने थियो । त्यसैले उनले १० बर्ष लगाएर यो फिल्म बनाएका हुन् ।
निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा हुन् । प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुरेश राई सह–निर्माताको रुपमा रहेका छन् । सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म निर्माणदेखि प्रदर्शनसम्म ५ करोडमाथि खर्च भएको बताइन्छ । यो लगानी सुरक्षित गर्न फिल्मले घरेलू बक्स अफिसमा १० करोड माथिको कमाई गर्नुपर्नेछ । तर यो चुनौती छ,’ असम्भव भने होइन ।
फिल्मको लण्डनको अलवा देशको बिभिन्न भागमा प्रिमिएर गरिएको थियो । प्रिमियर सुखद् प्रतिक्रिया पाएको फिल्मको सार्वजनिक प्रदर्शन समेत राम्रो हुने निर्माण युनिटको अनुमान छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे