
काठमाडौँ , २ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू फोहोरी राजनीतिको अंग बन्न नभई सफा गर्न सक्रिय भएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफूहरू फोहोर सफा गर्न पोखरीमा छिरेको उल्लेख गरे। थापाले भने, “हामी फोहोरमा मिसिन गएका होइनौं, सफा गर्न गएका हौँ। हामी फोहोरको अंग बन्दैनौँ।” उनले सरकारप्रति जनताको आलोचना स्वाभाविक भएको बताउँदै, कांग्रेसले सुशासन कायम गर्न सचेत भूमिका खेल्ने बताए।
थापाले अहिलेको सरकार कांग्रेस पनि सहभागी भएको सरकार भएकाले यसको प्रदर्शन राम्रो बनाउन आफुले चाहेको बताए। साथै, उनले नागरिकको अवस्था नबद्लनुको मुख्य कारण नेतृत्वको शैली भएको बताए। “नेतृत्वको शैली बदल्न सके अवस्था बदलिन्छ, नत्र नेता बदल्नुपर्ने हुन्छ,” उनले भने। थापाले आफू पनि त्यसै नेतृत्वको हिस्सा भएको स्वीकार गर्दै, सम्झाएर र बुझाएर शैली परिवर्तन गर्नुपर्ने धारणा राखे। उनका अनुसार व्यवस्थामा परिवर्तन भए पनि अवस्था नबदलिनुको मुख्य अवरोध नेतृत्वकै व्यवहार हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे