
काठमाडौं, – फिनल्यान्ड सरकारको वित्तीय संस्था फिनफन्डले वर्ल्डलिंकमा १० मिलियन यूरो लगानी गरेको घोषणा गरेको छ। यो लगानी वर्ल्डलिंकको फाइबर नेटवर्कको विस्तारमा मद्दत पुर्याउने र नेपालका ग्रामीण तथा शहरी क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने उद्देश्य राखिएको छ।
यस लगानीसँगै, वर्ल्डलिंक र फिनफन्डले मिलेर नेपालको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने र डिजिटल विभाजनलाई घटाउने कार्यमा जुटेका छन्। वर्ल्डलिंकले भविष्यमा थप प्रभावकारी सेवा र अविश्वसनीय सुविधाहरू विकास गर्ने लक्ष्य राखेको जनाएको छ।
सूचना प्रविधिका क्षेत्रमा गर्दै आएको यो लगानीले नेपालमा सबैलाई विश्वस्तरीय इन्टरनेटको पहुँच पुर्याउने उद्देश्यलाई अघि बढाउँछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे